बाँके चैत १९ गते । नेपालगन्जको जमुनाह नाकामा १६२ जना नेपाली दुई दिन देखि अलपत्र परेका छन् । स्थानीय प्रशासनको लापरबाहीका कारण बालबालिकासहित १६२ जनाको बिजोग भएको हो । उनिहरु नेपाल फिर्तीको माग गर्दै आएका छन। बांकेका सिडिओ कुमारबहादुर खड्काका अनुसार, लकडाउनका कारण उनिहरुलाई नेपाल प्रवेश गराउन नसकिएको हो । नाकामा अलपत्र परेकाहरुले आफुहरुलाई नेपाल प्रवेश गराइदिन अपिल गरेका छन् ।
अलपत्र परेकाहरुमा भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६२ जना नेपाली कामदारहरु रहेका छन् । उनीहरुमा बाँके, बर्दिया, दाङका, सल्यान, जुम्ला, सुर्खेत, डोल्पा, अछाम, प्युठान, रोल्पा, रुकुम, सप्तरी, उदयपुर, स्याङ्जा, दैलेख, झापा, रुपन्देही, नवलपरासी, मुगु र अर्घाखाँचीका रहेको जनाइएको छ ।
Discussion about this post