बाँके चैत १९ गते । नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार रुपैडियामा समसामयिक विषयमा छलफल भको छ । रुपैडियास्थित आदर्श थाना कार्यालयको आगन्तुक कक्षमा बुधबार अपरान्ह छलफल भएको हो । बाँकेका प्रमख जिल्ला अधिकारी कुमार बहादर खडका, बहराइचका जिल्ला अधिकारी शम्भु कमारको विशेष उपस्थितीमा सरक्षा अधिकारीसहितको वैठकमा कोरोना भाइरस विरुद्धको दुई देशीय अवस्था, उद्धार र नियन्त्रणको प्रयासबारे छलफल भएको छ । भारत र नेपालमा लकडाउन गरिएपनि भारतका विभिन्न स्थानबाट सीमा नाका पुगेका नेपालीहरुको नेपाल प्रवेशपछिको उत्पन्न अवस्था र आपसी समन्वयबारे अधिकारीबीच छलफल भएको छ । समन्वयमै दवै देशका नागरिकको उद्धार गर्ने सहमति भएको छ । वैठकमा बाँकेका प्रहरी प्रमुख बीर बहादर वली, सीमा सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी, बहराच पुलीस अधिक्षक विपीन कमार मिश्र लगायतको उपस्थिती रहेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post