बाँके चैत २० गते । सामाजिक आधार समुह (ग्रुप अफ सोसल फाण्डेशन) ले
आज नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा राहत वितरण गरेकोे छ ।
कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न गरिव दुखि, अपाङग नागरिकलाई राहत वितरण गरेको हो ।
दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न नागरिकलाई सामाजिक आधार समुहले ५० घरपरिवारलाई राहत वितरण गरेको छ । राहतमा १० किलो चामल, १ किलो नुन, १ किलो दाल, १ पोका तेल वितरण गरेको सामाजिक आधार समुहका अध्यक्ष जावेद हल्वाईले जानकारी दिए ।
विपदको समयमा गरिव दुुखीको सेवा गर्न पाउँदा हर्षित भएको अध्यक्ष हल्वाईले जानकारी गराए । हाम्रो टिमको सक्रियतामा आज अति विपन्न परिवारलाई राहत बाड्न सफल भएको संस्थाका सदस्य साहिल अन्सारीले बताए । संस्थाका सल्लाहकार भगतराम थारु, उपाध्यक्ष ममता थापा, सचिव मेनुका रावत, सदस्य अन्सारी लगायतले राहत वितरण गरेका थिए ।
Discussion about this post