डिल्लीराज पन्त कञ्चनपुर चैत्र २१ गते । कञ्चनपुर स्थित महाकाली नदीमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान भीमदत्त नगरपालिका १२ ओदाली क्षेत्र नदीमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रविन्द्र प्रशाद पौडेलले फेला परेको शवको पहिचान नभएको बताए । बुधबार साँझ महाकाली नदी झोलुङ्गे पुल भन्दा दक्षिण एक युवक डुबेर बेपत्ता भएका थिए, आज फेला परेको शव झोलुङ्गेपुल भन्दा उत्तरतिर फेला परेको हो । ‘हिजो कुन मानिस डुबेको हो भन्ने बारेमा खोजिकार्य भईरहेको छ, ‘प्रहरी प्रवक्ता पौडेलले भने, ‘आजको पनि पहिचान भएको छैन् ।’ उक्त शव एक दुईदिन अघि नै बगेर आएको अनुमान गरिएको छ । भीमदत्त र महाकाली नगरपालिका जोड्ने एसियाकै दोस्रोलामो झोलुङ्गेपुल बन्द भएपछि स्थानीयले कतै भारतबाट आएका व्यक्ति भाग्न खोज्दा डुबेको हुनसक्ने अनुमान गरेका छन। महाकाली नदीमा फेला परेको शव पोष्टमाष्टका लागि महाकाली अस्पतालमा ल्याईएको छ । लकडाउनका कारण दार्चुलादेखि कञ्चनपुरसम्मका नाका बन्द भएपछि भारतबाट फर्किएका केही नेपालीले दार्चुला महाकालीमा हाम फालेर नेपाल प्रवेस गरेका थिए । कतै उनीहरुले पनि झोलुङ्गेपुलमा तालाबन्दी भएपछि हाम फालेर वारीपारी गर्न खोजेको हुनसक्ने आशका गरिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post