बाँके चैत २२ गते । कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले राहत वितरणमा अनियमितता नभएको स्पष्ट पारेका छन् । एक विज्ञप्ती जारी गरेर के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानि नभएको स्पष्ट पारेका हुन् । वडा नं १४ का बिपन्न लाई बितरण गर्न दुगड ग्रुपले १ सय १० बोरी खाद्यन्न सहयोग गरेको थियो । दुगडले दिएको राहात सामाग्री मध्ये शुक्रवार दिउसो १सय २ बोरा कोहलपुर १४ का वडा अध्यक्ष टेक चन हरिजनले बितरण गर्नुभएको थियो। शुक्रवार बितरण गरेर बाँकी बचेका ४८ बोरा बचेको राहात समाग्री वडा अध्यक्ष टेकचन हरिजन , वडा सदस्य रुक्मीणा शर्मा र शान्ति सुनाले घर लग्नुभएको थियो । शुक्रबार अवेर भएपछि शनिवार वितरण गर्ने सहमतिमा सुरक्षित होस् भनेर घर लगिएको थियो तर अनाबश्यक हल्ला फिजाएर आफुहरुको बदनाम गरिएको भन्दै अध्यक्ष चन्दले आपत्ती जनाउनुभएको छ । शुक्रबार बचेको सबै राहत शनिवार वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post