बाँके चैत २४ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले माक्स वितरण गरेको छ । वडाले ५ हजार माक्स वितरण गरेको वडा सदस्य तरुण बज्राचार्यले जानकारी जानकारी दिनुभयो । जनप्रतिनिधिको अग्रसरतामामा १२ नम्बर वडामा कोरोनाको उच्च सतर्कता अपनाइएको छ ।वडा कार्यालयले सबै वडाबासी लाई लक डाउनको पुर्ण पालना गरिदिन हुन पनि अनुरोध गरेको छ । वडाले माइकिङ सगैं जनचेतना मुलक कार्यक्रम पनि गरिरहेको छ ।त्यस्तै वडाले राहत वितरण गर्ने तयारी थालेको छ। त्यस लागि अहिले नामवलीको संकलन गरि लगत लिने कार्य भैरहेको वडा अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post