खोजखबर संवाददाता
बाँके साउन १० गते । नेपालगञ्ज उपमहानगरपालिकाले विना धितो ऋण लगानी सुरु गरेको छ । साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रति ब्यक्ति २५ हजारदेखि दुई लाख रुपिया सम्म ऋण लगानीका लागि कार्यविधि बनाइएको उपमहानगरपालिकाका उप मेयर उमा थापा मगरले बताउनुभयो । विपन्न र मध्यमस्तरका महिलाका लागि यो कार्यक्रम फलदायी भएको छ । न्यूनतम बार्षिक १० प्रतिशत ब्याजदरमा विना धितो महिलालाई ऋण लगानी गरिरहेको कार्यबाहक प्रमुख समेत रहनुभएकी थापाले बताउनुभयो । उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीका अनुसार टोली स्तरीय संस्थाको सदस्यलाई वडा कार्यालयको सिफारिसमा ऋण लगानी गर्ने गरिएको छ । टोल स्तरीय संस्थाले टोल सुधारका लागि काम गर्छन भने ऋण असुलीका लागि समेत सहजिकरण गर्ने गर्दछन् ।
Discussion about this post