अनुपमा जोशी, चैत २४ गते । सुदूरका जनताको मन रोएको छ । आत्मा ग्लानी भएको छ । सरकारलार्य सराप्नुको साटो अरु कुनै उपाय नै छैन । उसो त बिश्व नै रोएको छ । यस महामरीबाट कसरी बाच्ने भन्ने अनेक तरिका अपनाइदै छ । आफ्ना नागरिक कसरी सुरक्षित राख्ने हर प्रयास गर्दैछन् । तर बिडम्वना मेरो देशको सरकार यस्तो महामारीको बेला, विश्व रोएको बेलामा कमिशनको खेल खेल्नमै लिप्त छ ।
जनतालाई यो विपतबाट मुक्त गराउनु पर्छ भन्ने सोच हो भने त, यति ठूलो भ्रष्टाचार हुनेथिएन होला । बिदेशबाट नेपाल आइरहेका अर्थात भारतमा मजदुरी गरेर जिवन विताउदै आएकाहरुले यतिबेला सिमानामा बिचल्लीमा पर्नु पर्थेन होला । भोक भोकै खुला आकासमुनि बस्नु पर्ने थिएन होला । हुन त उनिहरु यो देशमा उहिले देखिनै हेपिदै पछाडिदै आएको सुदूरका नागरिक हुुन, जुन सिमामा आफ्नो र आफ्नो, परिवारको मुखमा माड लाउन भनेर वर्षाैदेखी भारतमा मजदुरी गर्दे आएका छन् । गरिव किसानका छोरा छोरी ।
भन्न मन लाग्यो, यदि उनिहरु पनि धनिका छोरा छोरी थिए र सरकारलाई दवावमा पार्न सक्थे भने अवस्य सरकाले उनिहरुको व्यवस्थान गथ्र्याे र उनिहरुपनि चाइनाबाट आएका नेपाली विद्यार्थीहरु जस्तै सुविधा सम्पन्न क्वारेन्टाइनमा राख्थ्यो होला । उनिहरुको पनि पटक पटक स्वास्थ्य जाँच हुन्थ्यो होला । तर के गर्नु गरिवका छोरा छोरी आफनो दैनिक चलाउन नेपालमा कुनै काम नपाएपछि भारतको सरण लिदै भारतमा मजदुरी गर्न जानु नै उनिहरुको दोष देखियो यतिबेला । त्यसैले होला, उनिहरुको मुखबाट सरकारको बिरोध मात्रै सुनिन थालेको छ ।
भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपाली आफ्नो भूमिमा गएर मर्न पनि दिएन भन्दै सरकारलाई सरापी रहेका छन् । आफुलाई जनावर भन्दा पनि नराम्रो अवस्थामा राखिएको गुनासो गर्न थालेका छन । किन नसरापुन पनि जवकी उनिहरु एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन् बढेको छ । शिविरमा रहेका नेपालीहरुकाके पिडा सुनि नसक्नु छ । उनिहरु आफ्नो घर सम्झिदै भकानीन्छन् भने आफ्नो देशको सरकारको चाला देखेर आक्रोश पनि हुन्छ ।
“आफ्नो देश फर्केर क्वारेन्टाइनमा बस्न आफुहरुलाई कुनै आपत्ति नभएको तर, नेपाल सरकारले नै हामीलाई मरोस वा बाचोस भन्दै यस्तो बिवतिमा छाडिदिएको उनिहरुको गुनासो छ । उनिहरु भन्छन् आफ्नै देशले अवहेलना गरेपछि विदेशीबाट त के आशा गर्ने । बिदेशमा असहज हुन्छ, लक डाउन भयो , के खाने के लाउने भन्दै स्वदेश आइयो तर यहा आएपछि झनै पिडा भएको छ । बरु भारतमै बसेको भए कि मरिन्थ्यो कि बाच्न्थ्यिो ।,”
सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ । संयोगले कुनै एक नेपाली संक्रमित भए सबै जोखिममा पर्ने अवस्था छ । उता, भारत उत्तराखण्डकोे पिथौरागढ प्रशासनले एक हजार ६ नेपालीलाई पाँच सेल्टरमा राखेको छ भने, धार्चुलामा रहेको मिनी स्टेडियममा तीन सय २५, बालुवाकोट महाविद्यालयमा तीन सय ७१, जौलजिबीमा दुई सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली राखिएको छ । उनिहरुको हाल सम्म कोरोना परिक्षण गरिएको छैन । यदि यि मध्ये एउटामा पनि कोरोना संक्रमण देखिने हो भने स्थिति भवावह हुने आसंका गरिएको छ ।
भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका उनिहरु घरी घरी आफ्नो सरकार सम्झदै दुःख व्यक्त गछैन । उनिहहरू सुक्खा भात खाएर जीवन धानिरहेका छन् । भने पानीको तिर्खा लाग्दा समेत भनेको बेला पानी पाएका छैनन् । तर, यो घडीमा उनीहरू खानाभन्दा पनि जीवनकै सुरक्षाप्रति चिन्तित छन् । खाना खाने वेलामा मात्र खुला चौरमा राखिन्छ । बाँकी २३ घन्टा उनीहरू भिडमै हुन्छन् । सबै एकै ठाँउमा । जुन दृष्य हेर्दा लाग्छ कुनै जन्ती वा कार्यक्रमको भिड हो ।
यता, कैलाली कञ्चनपुरको अवस्था झनै ठिट लाग्दो छ । उनिहरु त आफ्नो भूमि टेकि सकेका छन् तर क्वारेन्टाइनको अवस्था भने दयनिय छ । कञ्चनपुरमा बनाइएका क्वारेन्टाइनहरु खाली पडेका छन् । तर भारतबाट आएहरु क्याम्पसका प्रांगणमा छन् । कोही कोही सिमामा अझै बिचल्लमिा छन् ।
भारतसँग सीमा जोडिएका स्थानीय तहका जनप्रतिनिधि यसलाई मुख्य समस्या बताइरहेका छन् । सरकारले कूटनीतिक रूपमा भारतसँग कुराकानी गरेर दुवै देशका नागरिकलाई जहाँजहाँ छन्, त्यहीँ सुरक्षित ढंगले बस्ने वातावरण तयार नगरेको उनिहरुको भनाइ छ । कतिपय जनप्रतिनिधिले त यो विषयमा भारत सरकारसँग कुराकानी गर्न परराष्ट्र मन्त्रीलाई सल्लाह दिए पनि उनले कुनै चासो नदिएको बताइरेका छन् ।
अझ केही नेता तथा राजनीतिक दलहरुले त सिमामा नेपालीहरुको बिजोग न्दै विज्ञप्ति समेत निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । तर, कतैबाट कुनै सुनुवाई भएको छैन ।
भन्न त भनिएको छ, कोरोना संक्रमणको जोखिम घटाउन सामाजिक दूरी घटाउनु पर्छ । तर, कैलाली, बञ्चनपुर, धार्चुलालगायत सुदूरपश्चिमा देखिदै आएको जुन अवस्था छ, यो हेर्दा के सरकारले लगाएको यो लक डाउनले काम गरिरहेको छ ? के यसले समाजिक दुरी कायम गरेको छ । के यसले कोरोना सक्रमण कम हुन्छ ? जन जनमा यि र यस्ता थुप्रै प्रश्न जन्माएको छ । तर प्रश्नको जवाफ दिने न यो देशमा केन्द्र सरकार छ, न प्रदेश सरकार । छ त जनताको ,पिडा जस्ताको तस्तै
Discussion about this post