बाँके चैत २५ गते । राहत बाँडेको फोटो नहाल्न अध्यक्षको निर्देशनसँगै बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि राहत वितरण शुरु भएको छ । पालिकाका ६ वटै वडामा राहत वितरण शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटा वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिँदैछ । प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नुन र २ वटा साबुन वितरण गरिएको खरालले बताउनुभयो । ‘६ वटै वडामा एक साथ राहत वितरण शुरु गरेका छौं, सामाजिक दुरी कायम गरेर वडा कार्यालय मार्फत् वितरण भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो–‘देनरैनापुरका ६ वटै वडामा राहत वितरण शुरु
राहत बाँडेको फोटो अनावश्यक रुपमा पोष्ट नगर्न अध्यक्षको निर्देशन
नरैनापुर९बाँके०, चैत २५ । बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि राहत वितरण शुरु भएको छ । पालिकाका ६ वटै वडामा राहत वितरण शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटा वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिँदैछ । प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नुन र २ वटा साबुन वितरण गरिएको खरालले बताउनुभयो । ‘६ वटै वडामा एक साथ राहत वितरण शुरु गरेका छौं, सामाजिक दुरी कायम गरेर वडा कार्यालय मार्फत् वितरण भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो–‘देखाउनकै लागि अनावश्यकरुपमा राहत बाँडेको फोटो सामाजिक सञ्जालमा नराख्न जनप्रतिनिधि सबैलाई निर्देशन दिएको छु ।’ अध्यक्ष शाहले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुदेखि लिएर गरिब, विपन्न र असहायहरुको तथ्यांक तयार गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताउनुभयो । आवश्यकता अनुसार राहत वितरणको दायरालाई फराकिलो बनाउँदै लैजाने लेखापाल प्रकाश अधिकारीले जानकारी दिनुभयो ।खाउनकै लागि अनावश्यकरुपमा राहत बाँडेको फोटो सामाजिक सञ्जालमा नराख्न जनप्रतिनिधि सबैलाई निर्देशन दिएको छु ।’ अध्यक्ष शाहले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुदेखि लिएर गरिब, विपन्न र असहायहरुको तथ्यांक तयार गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताउनुभयो । आवश्यकता अनुसार राहत वितरणको दायरालाई फराकिलो बनाउँदै लैजाने लेखापाल प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post