बाँके चैत २५ गते । मुस्लिम समुदायले आगामी विहीबार परेको शबेबरात पर्व घरमै मनाउने भएका छन् । कोरोना संक्रमण रोक्नका लागि लागू गरिएको लकडाउन कार्यान्वयनमा सहयोगी बन्दै मुस्लिम समुदायले यस्तो निर्णयमा पुगेका हुन । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले एक बिज्ञप्ती जारी गर्दै मस्जिद र कर्बस्तानमा नगई घरमै बसेर इबादत उपासना गर्न अपील गरेका छन् । यस्तै मुस्लिम संगठन नेपालका पाँच नम्बर इन्चार्ज मोहमद हारुनले कोरोना बिरुद्धको लडाईमा एकजुट हुन आह्वान गर्दै यस वर्षको इवादत घरमै गर्न आह्वान गरे । उनले यसमा सबैले साथ दिनुपर्नेमा जोड दिएका छन् ।

Discussion about this post