कञ्चनपुर, चैत २५ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानाबाट साढे ६ बजे दुई थान हतियार सहित डीएल ३ सीसी आर ३९९७ नम्बरको भारतीय नम्बर प्लटेको फर्चुनर गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । तर गाडीधनी भने पक्राउ परेका छैनन । सशस्त्र प्रहरीको टोलीले आज साँझ कलुवापुरबाट नियन्त्रणमा लिएको गाडीबाट प्वाईन्ट टुटु एल आर एक थान र सोको १४ वटा गोली, एक थान एयर गन र सोको १ सय ७६ वठा गोली समेत बरामद गरेको छ ।
गाडीबाट बिभिन्न बैंकका ६ वटा एटिएम कार्ड र आईएमइको कार्ड र सहित ७६ हजार रुपैया समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
गाडीमा बरामद भएका डकुमेण्ट कैलालीको गोदावरी नगरपालिका वडा १० का अध्यक्ष रविन्द्र शाही गुड्डुको रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी काँग्रेसबाट निर्बाचित वडा अध्यक्ष हुन् ।
लकडाउनको समयमा बाटोमा भारतीय नम्बर प्लटेको गाडी देखेपछि चेकजाँचका क्रममा हतियार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको शैलेश्वरी गणको टोलीले अबैध हतियार सहितको गाडी बरामद गरेको हो ।
शैलेश्वरी गणका गणपति बीरसिंह साहुले बरामद गरिएको गाडी, हतियार, बैंकका कागजातहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको बताए ।
Discussion about this post