बाँके चैत २६ गते । बाँकेमा अहिलेसम्म ४२ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । ‘थ्रोट स्वाव’ परिक्षणका लागि विभिन्न अस्पताल र क्वारेन्टाइनबाट अहिलेसम्म ५४ जनाको ‘थ्रोट स्वाव’ संकलन गरेर पठाइएकोमा ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । चैत २३ गते २३ जनाको ‘थ्रोट स्वाव’ को नमुना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । जसमध्ये ११ जनाको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि काठमाण्डौमा गरिएको परिक्षणबाट ३१ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post