टीकापुर चैत २६ गते । कैलालीको टीकापुरमा कोरोना भाईरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने व्यक्ति पक्राउ परेका छन्
। ईलाका प्रहरी कार्यालय टीकपाुरले सामाजिक संजाल फेसबुकमा कोरोना भाईसरको संक्रमित ब्यक्ति भेटिएको भन्दै अफवाह फैलाएको आरोपमा टीकापुर नगरपालिका वडा नम्बर २ बस्ने पवन कुमार भट्टराईलाई हिजो साँझ पक्राउ गरेको हो । उनले टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १० संक्रमित भेटिएको भन्दै आफ्नो फेसबुक वालमा राखेका थिए । आम नागरिक माझ सन्त्रास एवं अफवाह फैलाएको देखिएकोले आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post