भुरिगाउँ चैत २७ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँ बजारस्थित अशिम पोलिक्लिनिक प्रा.लिले कोरोना राहत कोषका लागि पन्ध्र हजार बढिको सहयोग प्रदान गरेको छ । बिहिबार पोलिक्लिनिकका प्रबन्ध निर्देशक आशिष तिमिल्सिना र म्यानेजर मान बहादुर चौधरीले ठाकुरबाबाका नगर प्रमुुख घननारायण श्रेष्ठलाई पाँच हजार पाँच रुपैयाको सहयोग रकम प्रदान गर्नुभएको छ । साथै पोलिक्लिनिकले दश हजार बराबरको औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रबन्ध निर्देशक तिमिल्सिनाले जानकारी दिनुभयो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण अहिले त्रासको वातावरण सृजना भएको छ । कोरोना नियन्त्रणका लागि नेपालमा पनि भएको लकडाउनबाट उत्पन्न विषम परिस्थितिलाई सामाना गर्न हरेक नागरिकको कर्तब्य भएको हुँदा आफुहरुले पनि केही सहयोग गर्नुपर्छ भनेर सहयोग गरेको प्रबन्ध निर्देशक तिमिल्सिनाको भनाई छ । नगर प्रमुुख श्रेष्ठले सहयोग रकम बुझदै पोलिक्लिनिक प्रा.लिले जस्तै अहिलेको अवस्थामा सहयोगी हातहरुको आवश्यकता परेको हुँदा यो समस्यासंग लड्न हातेमालो गर्न आम सर्वसाधारणलाई आव्हान गर्नुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post