बाँके चैत्र २७ गते । स्वास्थकर्मि संघ बाकेले हस्तान्तरण गरेको स्वास्थ सामग्री आज क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको सुरक्षामा खटिएका स्वास्थकर्मी र सुरक्षाकर्मिलाई वितरण गरिएको छ ।
नेपाल भारत सीमा दशगजामा नेपालगंज उपमहनगरपालिकाकाे व्यवस्थापनमा संचालन भएकाे क्वारेन्टाईमा अहाेरात्र खटिनुहुने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकाे लागी नेपाल स्वास्थ्यकर्मी संघ बांकेले हस्तान्तरण गरेकाे करिव १५ हजार वरावरकाे N95 माक्स,सर्जिकल माक्स,सेनिटाईजर लगायतका समाग्री नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरले दशगजाकाे क्वारेन्टाईमा पुगि त्यहां खटेका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेकी छिन् ।
उप प्रमुख उमा थापा मगर संग वडा नं.१३ का वडा अध्यक्ष विरेन्द्र बहादुर शाह र वडा नं.१० का वडा अध्यक्ष विन्दुभूषण बस्नेत पनि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ अवस्था बुझ्नको लागी पुगेका थिए । उनिहरुले क्वारेन्टाइनमा बसेका को खानाको समेत अनुगमन गरेका थिए । क्वारेन्टाइन स्थलमा पुगेका उपमेयर र वडा अध्यक्षहरुले अब केहि दिन धैर्य गरेर बस्न र आफ्नो स्वास्थ को ख्याल राख्न आग्रह समेत गरेका थिए।
Discussion about this post