बाँके चैत २७ गते । बिश्वब्यापी रुपमा महामारिको रुपमा फैलिएको नोबेल कोरोना कोभिड १९ को सन्त्रासले सबै को मन डरले हल्लाइरहेको छ । भनिन्छ नि मान्छेको मनमा डर उत्पन्न भएपछी अनेक उपाय आउछ डरबाट जोगिन । अहिले यो कोरोनाको त्रासले कहिले जमिन खन्ने कहिले कालोटिका लगाउने कहिले शान्ती र स्वास्थको कामना गर्ने भनेर अनेक तरिका अपनाइदै आएको छ, हाम्रो नेपाली समाजमा । यसै गरि अहिलेको अवस्थामा सबैलाई अरुको भन्दा आफ्नो मात्र चिन्ता भएको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष रसिद अहम्मद कुरेसिले बताएका छन् ।उनले सस्थाको आज बसेको निर्णय अनुसार आफ्ना सम्पुर्ण ७ हजार ५ सय शेयर सदस्य ,साधारण सदस्य, कर्मचारी , र उपभोक्ताहरुलाई कोरोना उपचारार्थमा खटिएका सुरक्षाकर्मी, स्वास्थकर्मि सन्चारकर्मिको सम्मान र आम नेपालीहरुको स्वास्थ लाभको कामना गर्दै यहि चैत्र ३० गते सामाजिक दुरि कायम गरि बेलुका ७ बजे आ-आफ्नो घरको झ्याल ढोकाबाट राष्ट्रिय गान गाई २ मिनट सबैलाई ताली बजाउन आग्रह समेत गरेका छन् ।उनले यस महामारी बाट बच्नको लागी आफ्ना सम्पुर्ण शेयर सदस्य, साधारण सदस्य कर्मचारि उपभोक्ता लगायत सम्पुर्ण नेपालीहरुलाई सरकारले लगाएको नियम पालना गरेर घर मै बस्न अनुरोध समेत गरेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post