संजु छतकुलि वीरगंज चैत २८ गते। नेपाल सरकारले लकडाउन लागू गरेपछी पर्सा जिल्लाको विभिन्न नाकामा रहेको सशस्त्र प्रहरीका पर्सा जिल्ला प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले आफै सिमानाका र बेशय केम्पहरुमा आफै अवलोकन गरी जनतालाई लकडाउनको पालना गराउनको लागि पर्साको सम्पूर्ण युनिटलाई कडाईको साथ निर्देशन दिनु भएको छ। बिश्वब्यापी महामारी को रुपमा फैलीरहेको ९कोभेड(१९० नोबेल कोरोना भाईरस संक्रमण बाट बचाउनको लागि नेपाल सरकार ले गरेको लकडाउन क्रम मा भारत बाट सिमा नाका हुदै चोरीलुकी नेपाल मा भित्रने र नेपाल बाट लुकीचुरी भारतमा जाने मानिसहरुलाई सिमानाकामा आवत जावत गरनेलाई कडाईको साथ विभिन्न नाकामा २ किलोमिटरको दुरिमा सशस्त्र प्रहरी खट्टाई आवत जावतमा कडाईको साथमा रोक्नेको लागि पर्साका सशस्त्र प्रहरी प्रमुख कुवरले निर्देशन दिनुभएको हो। पर्साका सशस्त्र प्रहरी प्रमुख कुवरले पर्साको विभिन्न नाका वीरगंज भन्सार , श्रिसिया, अलौ बिओपी, अमरपट्टी, प्रसौनि, पँकाहामैनपुर, सबैठवा केम्प , भिस्वा , जानकिटोला , ठोरी लागाएतका केम्पमा पुगेर लकडाउनको पालना गरने र कोराना को जनचेतनाफैलाउनै बारे सम्पूर्ण केम्पहरुमा निर्देशन गरेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post