सरला सुबेदी बाँके चैत्र २९ गते । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघका केन्द्रिय सचिव विरेन्द्र सुवेदीले देशभरका उद्यम विकास सहजकर्ता संजालहरुलाई नोबेल कोरोना कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागी आर्थिक तथा भौतिक तथा सामाजिक सहयोग गर्न अपिल गरेका छन । अहिले विश्व मा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९का विरुद्ध डटेर लाग्नुपर्ने बताउदै उनले सरकारले स्थापना गरेको राहत कोषमा समेत सक्दो सहयोग गर्न समेत आग्रह गरेका छन । संचारकर्मी संगको कुराकानीमा सचिव सुवेदीले नेपाल सरकारले गरेको घोषणा लकडाउनल लाखौ उद्यमी व्यवसायी हरु ठप्प भएको लाखौ विद्यार्थी हरुको पढाइ अन्यौलमा परेको मजदुरी गरेर खाने समस्यामा परेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।
दिन भरी काम गरि ज्याला मजदुरि खाने हरु को चुलो निभ्ने अवस्था आएको छ यसमा सबैको ध्यान जानु जरुरी छ । सुवेदीले भने यतिबेला मानविय कार्य गर्न अतिआवश्यक रहेकोले देशभरका उद्यम बिकास संजालका साथीहरुलाई आफुले सक्ने आर्थिक तथा भौतिक सामाजिक, सहयोग गर्न हार्दिक अपिल समेत गरेका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post