बाँके चैत २९ गते । कोहलपुर नगरपालिका वडा नं. १४ चित्रानगरमा आज (शनिवार) राहत वितरण गरिएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १४ का समाजसेवी तथा स्थानियवासी बबिता शाही ठकुरीले व्यक्तिगत लगानीमा अति विपन्न परिवारलाई राहत वितरण गरेका हुन् । विश्वभर कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले पनि लकडाउन लागु गरि कोरोना भाइरसको रोकथाम तथा बाँच्ने उपाय र यसको प्रयास गरिरहेको छ । लकडाउनको कारण अति विपन्न परिवारलाई दैनिक खानपिनमा समस्या देखा परेपछि समाजसेवी शाहीले राहत वितरण गर्नुभएको छ । लकडाउन घोषणा भएको १९ औं दिनमा अति विपन्न परिवार तथा आफ्नो घर जान नपाएका परिवार झनै पिडामा परेका छन् ।

अति गरिव विपन्न परिवार तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई समाजसेवी बविता शाही ठकुरीले राहत स्वरुप १० किलो चामल, १ लिटर तेल, एक किलो नुन, माक्स, सावुन र १ किलो दाल वितरण गरेका हुन् । चिप्रानगरका १८ परिवारलाई व्यक्तिगत लगानीमा राहत वितरण गरेको समाजसेवी बविताले जानकारी गराउनुभयो । विपदको बेला समस्यामा परेका व्यक्तिको सहयोग गर्न पाउदा आफु हर्षित भएको समेत उहाँले जानकारी गराउनुभयो ।


Discussion about this post