सुर्खेत चैत्र ३० गते । भारतबाट आएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका १ सय ८३ जना घर फर्किएका छन । क्वोन्टाइनमा बसेको सबैको रिर्पोट नेगेटिभ देखिएपछि शनिबार उनीहरुलाई घर पठाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
रोजगारीका लागि भारत पुगेका उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा कुनै लक्षण नदेखिएको र जाँच गर्दा पनि रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिइन ।
घर फर्किनेमा सबैभन्दा धेरै दैलेखका ८२ जना र जुम्लाका ५७ जना छन । यस्तै जाजरकोटका २०, कालिकोटका ७ र अछामका एक जना रहेका भण्डारीले बताइन । पछिल्लो समय सुर्खेतमै कोरोना परीक्षण हुन थालेपछि संक्रमणको आशंका गरिएका व्यक्तिहरुलाई जाँच गर्न सजिलो भएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post