बाँके चैत्र ३० गते । नेपाल कम्युनिष्ट पाटी ( नेकपा ) का राप्तीसोनारी गाउँपालिका सदस्य तथा युवा नेता शेर बहादुर खड्का सुजलले सुर्खेतमा मजदुरी गर्न गएका सुनसरीका १० जना मजदुरलाई आइतबार सहयोग तथा उद्दार गरेका छ्न ।
सुर्खेतबाट पदैल हिडेर शमशेरगज आइपुगेका मजदुरहरुलाइ खड्काले चाउचाउ ,बिस्कुट ,पानी तथा मास्क दिएर सहयोग गरेका हुन । त्यस्तै उनले सशस्त्र प्रहरी नेपाल सुरक्षा बेस सम्शेरगजका प्रमुख डिएसपी हर्क बहादुर शाहीको समन्वयमा कपिलवस्तु वस्तु सम्म गाडीमा जाने व्यवस्था समेत मिलाइदिएको जानकारी दिए ।
सरकारले गरेको लगडाउनका कारण दुख पाएका मजदुरलाई मानवीय नाताले सहयोग गरेको युवा नेता खड्काको भनाइ छ । पेशाले स्वास्थकर्मी समेत रहेका नेता खड्काले पछिल्लो समयमा विविध सामाजिक कार्यहरु समेत गर्दै आइरहेका छ्न ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post