बाँके चैत्र ३० गते ।दलित सेवा संघ बाँके र संघर्ष दलित महिला बचत तथा ॠण सहकारी संस्था कोहलपुरले आइतबार कोहलपुर नगरपालिकाको कोभिड १९ विरुद्धको राहत कोषमा ३० हजार ५ सय रुपैयाँ सहयोग गरेका छ्न ।
सो सहयोग रकम कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाइ हस्तान्तरण गरिएको दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर बि क ले जानकारी दिएका छन् ।
संघर्ष दलित महिला बचत तथा ॠण सहकारी संस्थाकि अध्यक्ष शितला परियारले आफुहरुले नगरपालिकाको राहतकोषमा सक्दो सहयोग गरेको बताइन । सहकारीकि सचीव तिला वि क व्यवस्थापक तुलसी सुनार सहितको टिमले सो सहयोग रकम हस्तान्तरण गरेका हुन्
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post