काठमाडौ चैत्र ३० गते । सामाजिक सञ्जाल ट्वीटरमा विश्व साइकल यात्री पुष्कर शाहले लेखेका छन, ‘भोका कुकुरदेखि सावधान’ । शनिबार बालुवाटारमा हिडेका उनलाई कुकुरले टोकिदिएपछि उनले सााजिक सञ्जाल फेसबुकमा यो स्टाट्स लेखेका हुन ।
शाहका अनुसार शनिबार उनी साइकलबिनै पैदलै हिडेर सागपात र मासु किन्न निस्किएका थिए । साग किनेपछि नजिकै मासु पसलमा गएर एक किलो मासु पनि किने । आधा किलो मासु कुकुरलाई दिन भनेर उनले छुट्टै बनाएरै राखेका थिए ।
तर मासु किन्दाकिन्दै उनलाई कुकुरले आएर टोकिदिएको भनेका छन । कुकुरले टोकेपछि त्यो सबै मासु घरमा ल्याएर पकाएर खाएको पनि विश्व साइकल यात्री शाहको दाबी छ । लकडाउनका कारण सडकमा रहेका कुकुर भने निकै भोकाएका छन ।
बाहिर हिड्दा ख्याल गर्नुपर्ने उनको भनाई छ । साथै सडकमा रहेका भोका र छाडा कुकुरलाई नियन्त्रण गर्न पनि उनले पशुअधिकारकर्मीसँग माग गरेका छन ।

Discussion about this post