बाँके चैत ३० गते । आइतबार नेपालगन्ज राष्ट्रिय गान र तालिले गुन्जयमान भएको छ । बिश्वब्यापी रुपमा महामारिको रुपमा फैलिएको नोबेल कोरोना कोभिड १९ को सन्त्रासले सबै को मन डरले हल्लाइरहेको छ त्यही डरलाई शान्त गराउन र क्वारेन्टाइनमा बसेका बिरामिको सुरक्षा मा खटिएका स्वास्थकर्मी ,सुरक्षाकर्मीको सम्मान र आम नेपालीको सुस्वास्थ दिर्घायु र २०७६ सालको बिदाई र २०७७ साललाई स्वागत गर्दै उक्त कार्य गरिएको हो ।
कार्यक्रमको अगुवाई माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाले गरेको संस्थाका अध्यक्ष रहिस अहमद कुरिलेसिले बताए । यसै गरि अहिले कोरोनाको डरसङ्गै बिदाई गर्न लागिएको २०७६ सालको अन्त्य सङ्गै कोरोनाको पनि अन्त्य भइ नयाँ बर्ष २०७७ सालले सम्पुर्ण आम नेपाली नागरिकमा सुखशान्ती छाउने जिकिर समेत गरेका छन् । यसैगरी आज नेपालगन्जका सबै घरमा र चोक चोकमा राष्ट्रिय गान घन्किएको थियो भने सबैले घरपरिवार संगै मिलेर दुइ मिनेट ताली बजाएर सुरक्षाकर्मी र स्वास्थकर्मिको कामलाई सम्मान गरेका थिए ।
Discussion about this post