बाँके बैशाख २ गते । पर्वतमा आएको असिनापानीले बालीनाली नष्ट भएको छ । गएराति परेको असिनापानीका कारण पर्वत र बागलुङमा लगाएको बाली नष्ट भएको हो।
पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा भीषण असिनापानी परेको जनाएको छ ।
असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।
उनका अनुसार, यतिबेला फल लाग्न थालेको सुन्तलामा ठूलो नोक्सानी पुगेको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पुर्याएको उनले बताए ।
पर्वतको जलजला र बागलुङको ताराखोला आलुखेतीको पकेट क्षेत्र हो । ती दुवै पालिकामा बर्खे आलुमा क्षति पुगेको छ । यस क्षेत्रका कृषकले खेतमा लगाएको मकै गोडिसकेका थिए भने बारीमा लगाएको मकै उम्रिएका थिए । खेतबारीकै मकैमा असिनाले असर पुर्याएको छ । त्यस्तै बर्खे तरकारीमा पनि नराम्रो गरी असिनाले हानेको कृषकले गुनासो गरेका छन् ।
झण्डै आधा घण्टाभन्दा बढी परेको असिनाका कारण मकै, फलफूल तरकारी पूरै नष्ट भएको मोदी गाउँपालिका–८, चित्रेकी सुशीलादेवी गुरुङले जानकारी दिएकि छिन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post