सरला सुबेदी बाँके बैशाख २ गते । कोरोना भाइरस संत्रमण हुनको संख्या १० हजार नाघेको छ । भारतमा एकै दिन १ हजार बढी कोरोना भाइरस संक्रमित फेला परेको छ । हालसम्म यहाँ कोरोनाभाइरस संक्रमितको संख्या १० हजार ३ सय ६३ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ३ सय ३९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।
भारतको महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।
त्यस्तै, मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लकडाउनकै बीच भारतमा कोरोना संक्रमण बढेको हो । प्रकोप न्यूनीकरणका जलागि भारतले मंगलबार मात्रै जारी लकडाउन ३ साता लम्ब्याउने निर्णय गरेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post