काठमाडौ बैशाख २ गते । पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
उनीहरु मध्ये छोरा र बुहारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आमाको भने रिर्पोट आउन बाँकी रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । यसअघि सोमबार मात्रै रौतहट र कैलालीमा दुई जना नयाँ संक्रमित फेला परेका थिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post