बाँके बैशाख २ गते । आज केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । बैशाख महिना लागिसक्दा समेत पानी पर्ने क्रम रोकिएको छैन । जलवायु परिर्वतन र भारतबाट आएको पानी पार्ने पद्धतिका कारण आज केही पहाडी जिल्लामा पानी पर्ने सम्भावना रहेको मौसमविद समीर श्रेष्ठले बताएका छन ।
पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको हो । श्रेष्ठका अनुसार पहाडी क्षेत्रमा भने आज बेलुकीसम्म नै पानी पर्दै रोकिने क्रम चलिरहने कछ । पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले राति पानी पर्न केही कम हुने मौसमविद् श्रेष्ठको भनाई छ ।
अहिले प्रिमनसुन छिट्टै शुरु हुने भएकाले पनि पानी पर्न थालेको उनको भनाई छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post