कृष्णा यादब वीरगंज बैशाख ३ गते । विश्वब्यापी रुपलै फैलिरहेको (कोभेड १९) नोबेल कोरोना भाईरस वीरगंजमा कोरोना भाईरस संक्रमित ३ जनाको पुष्टि भएपछि । सशस्त्र प्रहरी बल बिओपीले वीरगंज महानगरपालिका वडा नम्बर १५ श्रिसिया बाट ५ जनालाई नियन्त्रणमा लिई वीरगंज भन्सार नजिक रहेको केडिया डेन्टल हस्पिटलको क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनु भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर २५ बाट पश्चिमी चम्पारण पकरी २ वस्ने बर्ष १७ को जंहिर शाह त्ससै गरि पकरी २ बस्ने वर्षा १८ को अर्वज शाह , अजाद अंसारी, प्रदिप कुमार , मोतिहारी बिहार अमिर खाउटोल का मोन्द निसार लगाएको ब्यक्तिहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए। नेपाल भारतको सिमानाका सशस्त्र प्रहरी बल बिओपीले २ किलोमिटरको दुरीमा खटेर नाकाको पुर्णरुपले आवतजावत बन्द गरेको सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुख रबि थापाले बताएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post