प्रमोद सहनी
रौतहट साउन ११ गते । रौतहटको गरुडा नगरपालिका वडा नं २ गेडही गुठीमा श्रावण १० गते नेपाल भारत मैत्री समाजको संयोजनमा वडा नंं. २ का वडाध्यक्ष बिशुन्देव सहनीद्वारा राहत वितरण गरिएको छ । गरुडा नगरपालिका वडा नं २ मा नेपाल भारत मैत्री समाज र गरुडा नगरपालिका वडा नं २ मा राहत वितरण शुक्रबार गरिएको हो ।
विगत लामो समयदेखि अविरल वर्षाका कारण गेडही गुठीमा अनुगमन गर्दा गेडही गुठीका स्थानीयवासीहरुको ठूलो क्षति भएकोले गेडही गुठीका वडाध्यक्ष बिशुन्देव सहनी र सो वडाका वडा सदस्य दिनेश ठाकुरका साथै गेडही गुठीको श्री माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हरिलाल सहनी र समाजसेवी नेता रामवीर सहनी, राष्ट्रिय कलाकार तथा गायक रञ्जित कुमार सहनी र हिन्दू सांस्कृतिक परिषद् रौतहट जिल्ला अध्यक्ष र कलाकार गायक प्रमोद पिया लगायतको उपस्थित रहेको थियो ।
Discussion about this post