बाँके बैशाख ३ गते । नेपालगञ्जमा क्रियाशिलमध्ये समस्यामा रहेका २० जना पत्रकारलाई राहत प्रदान गरिने भएको छ । नेपालगञ्जमा रहेका पत्रकारिता गर्दै आएका र लकडाउनले समस्यामा परेका २० जना पत्रकारलाई बिहिबार राहत स्वारुप खाद्यान्न प्रदान गरिने भएको हो । दिनरात जनतालाई ज्यानको बाजी लगार सूचनाको हक प्रत्याभूत गराउन रिर्पोटिगंमा खटिरहेका पत्रकारलाई लकडाउनले जीवनयापान गर्न गाह्रो भएको हुँदा राहत स्वारुप खाद्यान्न बितरण गर्न लागेको गोल्डेन एज अनलाइन प्रा.लिका प्रमुख जय सिंह केसीले जानकारी दिनुभयो । यो लकडाउनले सर्वसाधारणसंगै पत्रकारहरुलाई पनि जीवनयापन गर्न समस्या भइरहेपनि सरकारले कुनै राहत ल्याउन नसक्दा राज्यको चौथो अंग पत्रकारलाई सानो सहयोग गर्न लागेको प्रमु्ख केसीको भनाई छ । सहयोग पाउने पत्रकाहरु थारु, मधेशी र पहाडी समुदायका रहने जनाइएको छ । केसीले यसअघि कोहलपुरमा क्रियाशिल १० जना पत्रकार, कोहलपुर वडा नं–८ का नागरिकलाई राहत स्वारुप खाद्यन्न, तथा दशगजामा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा बितरण लगायत अन्यलाई सहयोग गरिसक्नुभएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post