बैशाख ४ गते । कोरोना भाइरससँगको महिना दिन लामो लडाई जितेर ५ लाख १० हजार मानिस उपचारपछि घर फर्किएका छन । यो समाचार तयार पार्दासम्म ५ लाख १० हजार ६ सय ७० जना उपचारपछि घर फर्किएका अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन ।
यसरी घर फर्किनेमा सबैभन्दा धेरै चीनका ७७ हजार छन भने जर्मनीका ७२ हजार भन्दा धेरै छन । यस्तै स्पेनका ७० हजार मानिस पनि उपचारपछि घर फर्किएका छन । इरानका ४९ हजार, अमेरिकाका ४८ हजार, इटालीका ३८ हजार र फ्रान्सका ३० हजार भन्दा धेरै छन ।
यस्तै ब्राजिलका १४ हजार, स्वीट्जरल्याण्डका १५ हजार र रुसका १ हजार भन्दा बढी मानिसहरु उपचारपछि घर फर्किएका छन ।
विश्वमा कोरोनाबाट २० लाख ८० हजार मानिस संक्रमित छन भने १ लाख ३४ हजारले ज्यान गुमाएका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post