बाँके बैशाख ४ गते । नेपालगन्जको दशगजास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिले गृह मन्त्रालयको आदेशमा घर जान नपाएको आक्रोसमा गाडी तोडफोड गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणाले क्वारेन्टाइनमा एउटा गाडी तोडफोड भएको बताउनु भयो । १५ दिन क्वारेन्टाइनमा बसेर घर फिर्ताका ६ वटा गाडी ल्याइएका थिए । उनीहरु गाडीमा बसेपछि गृहमन्त्रालयको आदेश भन्दै घर फर्कन रोक लगाइएको थियो । उक्त क्वारेन्टाइनमा १८१ जना छन् । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएपछी नेपालगन्ज उपमहानगरपालिकाले आज घर पठाउने तयरी गरेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post