काठमाडौ बैशाख ५ गते । झण्डै एक महिना लामो लकडाउनमा धेरै जसो हिडेरै घर जान बाध्य छन । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपनि काठमाडौँ छाडेर घर जानेलाई कुनै व्यवस्थापन गरेको छैन । उनीहरुको घर आँगनका पालिका सरकारले पनि कुनै बन्दोबस्त नमिलाउँदा हिडेरै घर जान बाध्य भएकाहरुको कथाले धेरैको मन पोलेको छ ।
यो पीडा मजदुरले भोगिरहदा नेताहरुमा पनि आक्रोश फैलिएको छ । सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले लकडाउनमा हिडेरै घर जान बाध्य भएकाहरुप्रति सरकार किन उदासिन ? भन्द्रै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेकी छन ।पैदलै घर हिडेकाहरुको तस्बिर फेसबुकमा पोष्ट गर्दै झाँक्रीले सोधेकी छन, ‘मौसमी मजदूरी गर्न आफ्नै देश भित्र अर्को जिल्ला पुगेका मजदूरहरू हप्तौ लगाएर आफ्नो घर तर्फ फर्कदैछन। केही लेख्नै पर्दैन तस्विर आफै बोल्छ।’
आफ्नै दलका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले अगाडी प्रश्न तेस्र्याएकी छन, ‘के यिनीहरूको राज्य छ ? के यिनीहरूको आफ्नै सरकार छ ? के यिनीहरूको मजदूरको आफ्नै मजदूर संगठन छ ? सायद छैन ।’
सरकारले लकडाउन भएका बेला मजदुरको बिच्चली भएकामा केही नसोचेको भन्दै युवा नेतृ झाँक्री आक्रोशित भएकी छन । लकडाउनमा गाडीन नपाएर घर हिडेका मान्छेहरुलाई व्यवस्थापन नै गर्न नसकिने हो र ? भन्दै नेतृ झाँक्रीले सोधेकी छन, ‘सरकारको दायित्व लकडाउन गरेर मात्र पुरा हुन्छ कि यस्तो सकसको व्यवस्थापन पनि ? के यो व्यवस्थापन गनै नसकिने मुद्दा हो ?’
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post