सरला सुबेदी बाँके बैशाख ५ गते । सर्वोच्च अदालतको आदेश र प्रमुख प्रतिपक्षी दलको माग विपरित सरकारले लकडाउनलाई थप कडाई गरेको छ । साथै कसैलाई पनि हिडेर गाउँ जान नदिने आदेश कडाईका साथ पालना गराउन सुरक्षाकर्मीलाई पनि निर्देशन दिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्री, सुरक्षाकर्मी लगायत सम्बद्ध सबै पक्षलाई बालुवाटार बोलाएर आवतजावत पूर्ण रुपमा ठप्प पार्न निर्देशन दिएका हुन । कोरोना भाइरसविरुद्ध लकडाउन एक मात्रै विकल्प भएको र यसमाथि अलिकति पनि हेलचेक्राई नगर्न सुरक्षाकर्मीलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
शुक्रबार मात्रै सर्वोच्च अदालतले पैदलै घर हिडेकालाई निःशुल्क गन्तव्यमा पुर्याउन सरकारलाई अन्तरिम आदेश दिएको थियो । तर प्रधानमन्त्री ओलीले सर्वोच्चकै आदेश विपरित अब सडकमा हिड्न र घर जान पनि प्रतिबन्ध लगाएका छन । र सबैलाई लकडाउनको पुर्ण रुपमा पालना गर्न अपिल समेत गरेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post