बैशाख ६ गते । सार्क देशमा सबैभन्दा बढी मानिस भारतमा संक्रमित भएका छन्। भारतमा २४ घण्टामा ९ सय २२ जना मानिस संक्रमित भएका छन् भने ३८ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा संक्रमितको संख्या १४ हजार ३ सय ५२ पुगेको छ। हालसम्म भारतमा ४ सय ८६ जनाको मृत्यु भएको छ। २ हजार ४१ जना निका भएर घर फर्किसकेका छन्। पाकिस्तानमा शुक्रबार ७ जनाको मृत्यु भएको छ भने १ सय ६ संक्रमित भएका छन् । योसँगै पाकिस्तानमा संक्रमितको संख्या ७ हजार २५ पुगेको छ। १ सय ३५ जनाको मृत्यु भएको छ। १ हजार ७ सय ६५ जना निको भएर घर फर्किसकेका छन्। बंगलादेशमा शुक्रबार २ सय ६६ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या १ हजार ८सय ३८ पुगेको छ। ७५ जनाको मृत्यु भएको छ। ५८ जना निको भएर घर फर्किसकेका छन्। शुक्रबार अफगानिस्तानमा ६६जना संक्रमित थपिएका छन्। योसँगै अफगानिस्तानमा ९ सय ६ संक्रमित पुगेका छन्। ३० जनाको मृत्यु भएको छ। ९९ जना मानिस निको भएर घर फर्किसकेका छन्।श्रीलंकमा २ सय ४४ जना संक्रमित रहेका छन्। ७ जनाको मृत्यु भएको छ। ७७ जना मानिस निको भएर घर फर्किसकेका छन्। शुक्रबार ७ जना नयाँ संक्रमित भेटिएका थिए। नेपालमा शुक्रबार १४ जना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। एक जना निको भएर घर फर्किसकेका छन्। माल्दिभ्समा संक्रमितको संख्या २९ रहेका छन्। निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ। शुक्रबार ४ जना नयाँ संक्रमित भेटिएका थिए। भुटानमा ५ जना संक्रमित छन्। २ जना निको भएर घर फर्किसकेका छन्।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post