बाँके बैशाख ६ गते । नेपालगञ्ज मुस्लिम समाजको अगुवा बाबु नेता हल्वाईको नेतृत्व र लगानीमा नेपालगन्ज एकलैनी स्तिथ रहेको मुसाफिर खानामा दैनिकी मजदुरी गर्ने हरूलाई खद्यान सामग्री बितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) को कारण चैत्र महिनाको दोस्रो साता देखी देश पुर्णरुपमा लकडाउन भएको छ । दैनिकी मजदुरी गर्ने हरूको अवस्था हाल दयनिय अवस्थामा रहेको छ, जसको कारण बिपन्न समुदायमा चुल्हो बल्न छोडिसकेको छ ।
अहिलेको अवस्था भनेको हुने खानेले हुँदा खानेलाई सहयोग गरेर मानवताको धर्म निभाउने बेला भएकोले अहिले मुस्लिम समाज दिनरात राहत बाढ्न लागिपरेको छ। समाजले आफनो टोल नजिकका दैनिकी मजदुरी गर्ने हरूलाई सक्दो राहत समाग्री प्रदान गरि सहयोग गरिदिन समाजका हलुवाईले अपिल समेत गरेका छन् ।
Discussion about this post