काठमाडौं बैशाख ६ गते । बरु भोका भए खान दिनु तर कसैलाई पनि हिडेर गाउँ जान नदिनु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन २४ घण्टामै उल्टिएको छ । शुक्रबार मन्त्री र सुरक्षाकर्मीलाई बोलाएर यस्तो कडा निर्देशन दिएका प्रधानमन्त्रीको आदेश अवज्ञा गर्दै काठमाडौँका सांसद र जनप्रतिनिधिले अलपत्र परेकालाई बस चढाएर गन्तव्यमा पठाएका छन ।
काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिले पैदलै हिडेर गाउँ जान खोजेका तर शुक्रबार प्रधानमन्त्रीको आदेशपछि रोकिएका अलपत्र झण्डै तीन सय मानिसलाई बस चढाएर शनिबार गन्तव्यसम्म पठाएका हुन ।
प्रधानमन्त्रीको आदेश लगत्तै रोकाइएका उनीहरुलाई शनिबार बिहान भात खुवाएर बेलुकी बस चढाएर पठाइएको चन्द्रागिरी नगरपालिकाका एक जना जनप्रतिनिधिले जानकारी दिए । ७ वटा बस चढाएर पठाइएका उनीहरु पश्चिम नेपालका हुन ।
पैदलै भएपनि घर जान हिडेकालाई रोक्नु भन्ने प्रधानमन्त्रीको झन चर्को आलोचनापछि प्रदेश सरकार र पालिका सरकारले आफूले सकेसम्म नागरिकको उद्धार र यात्रा सहजतामा सहयोग गरिरहेका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post