बाँके बैशाख ६ गते । नेपाल शिवसेना र नेपाल मानव धर्म भेरी क्षेत्रको संयुक्तमा कोहलपुर नगरपालिका-१४ हवलदारपुर क्वारेन्टाईनमा राखेका ६७ जना भारतीय नागरिकहरुलाई खाद्दान्न राहत बितरण गरेको छ। राहत बितरणमा सहयोगको लागि उमेश रौनियारले खाद्दान्न सामग्रीहरु नेपाल शिवसेना र नेपाल मानव धर्म सेवा समितिलाई हस्तांतरण गर्नु भएको थियो। लॉकडाउनमा फसेका व्यक्तिहरुलाई खाद्दान्न सामग्री चामल, दाल, आलू, लौका, बेसार, खुर्सनी, तेल र सोयाबिन हस्तान्तरण गरेको छ ।
कोरोना वायरसको कारणले धेरै असहाय र गरीवहरुले दुःख पाईरहेको छ। यस्तो महामारीको अवस्थामा पनि नेपाल शिवसेना र नेपाल मानव धर्मले पुण्यको काम गरेको छ। वास्तवमा धार्मिक संस्थाहरुले मानव कल्याणको निमित्त गर्ने समय नै यही रहेको टि.पी. न्यौपाने ले बताए ।
नेपाल शिवसेना र नेपाल मानव धर्म सेवा समिति लॉकडाउन भरी राहत बितरण गर्न अहोरात्री सेवामा तल्लीन रहेको छ ।
Discussion about this post