बाँके बैशाख ७ गते ।राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्सेरगन्जमा आइतवार राहत वितरण गरिएको छ । वडा नं. ८ ले पहिलो चरणको राहतमा १ सय ६० घरपरिवारलाई राहत वितरण गरिएको हो । वडाका अति विपन्न, गरिव, दुखी, एकल महिला, अपाङग र दैनिक ज्याला मजदुरी गर्ने १ सय ६० घरपरिवारलाई राहत वितरण गरिएको छ । जनप्रतिनिधिको सक्रिय सहभागितामा वडावासीका घरघरमा गएर राहत वितरण गरिएको वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले जानकारी गराउनुभयो । वडा नं. ८ का बालापुर, नयाँगाउँ, पेरानी, ओभरी र धर्मोनीका अति विपन्न परिवारलाई चामल, दाल, नुन र तेल वितरण गरिएको वडा अध्यक्ष बस्नेतले जानकारी गराउनुभयो । लकडानका कारण स्थानियवासीलाई भोकभोकै बस्न नदिने वडा अध्यक्ष बस्नेतले जानकारी गराउनुभयो । नेपालमा लकडाउनको आइतवार २७ औं दिन पुगेको छ । यस्तै राप्ती सोनारी गाउँपालिका र राप्तीसोनारी उद्योग वाणिज्य संघको सहकार्यमा पुर्वपश्चिम राजमार्ग हुँदै हिडने पैदलयात्रुलाई खाना खुवाईएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post