बाँके बैशाख ८ गते । कसौंधन वैश्य समाज नेपालगन्जले नेपालगन्जको विद्युत समस्या सल्टाउन माग गरेको छ । गर्मीयाम सुरु भएसँगै विद्युत अनियमितता हुने क्रम बढ्न थालेपछि समाजले आज विद्युत प्रशासनको ध्यानाकर्षण गराएको हो । समाजका अध्यक्ष नन्दला वैश्य नेतृत्वको टोलीले नेपाल विद्युत प्राधिकरणका प्रमुखलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको छ । कोरोनाविरुद्धको लडाइमा प्रतिबद्धता जनाउँदै समाजले नेपालगन्जको अनियमित विद्युत समस्या समाधान गर्न माग गरेको हो ।
लकडाउन अवधिभर विद्युत महसुलमा सम्पूर्ण जरिवाना तथा मिनाह गर्नुपर्ने र न्यूनतम शूल्क लिएर जनताको सेवा गर्न पनि प्राधिकरण प्रशासनको ध्यानाकर्षण गराइएको अध्यक्ष वैश्यले जानकारी दिनुभयो । नेपालगन्जको विद्युत समस्या समाधानबारे उर्जा मन्त्रालयका अधिकारीहरुको समेत ध्यानाकर्षण गराइएको अध्यक्ष वैश्यले जानकारी दिनुभएको छ । अधिकारीहरुले गर्मीयाममा नेपालगन्जमा हुने विद्युत समस्या समाधानमा प्रतिबद्धता जनाएका थिए ।
Discussion about this post