सुर्खेत बैशाख ८ गते । कोरोना भाइरसको रोकथामका लागि झोलुंगे पुल बन्द गरिदा मानिसहरु डुंगाबाट कर्णाली नदी वारपार गरिररहेको पाइएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाबीच पर्ने कुइनेको झोलुंगे पुल बन्द भएपछि कर्णाली र भेरी नदी मिसिएको दोभान नजिकैबाट डुंगामार्फत वारपार गरिरहेको पाइएको हो ।
सरकारले लकडाउनलाई कडाई गर्न निर्देशन दिएपछि सुर्खेतको चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाले कर्णाली र सुदुुपश्चिम जोड्ने सबै झोलुंगे पुल, डुंगा र फेरिको यात्रामा प्रतिबन्ध लगाएका थिए ।
तर सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाले लकडाउन उल्लंघन गरेको पाइएको छ । उनीहरुले लुकीछिपी दुई वटा डुंगामार्फत मानिसहरुलाई वारीपारि गर्ने काम गरिरहेको छन ।
नेकपा चौकुने गाउँ कमीटिका अध्यक्ष गंगाराम विकले कोरोना भाइरसको महामारीबाट जोगिन सबै नाका र झोलुंगे पुलको आवातजावत बन्द गरिएपनि मानिसहरुले त्यसलाई कडाईका साथ पालना नगरेको बताए ।
यसरी एक दुई जनाले लकडाउन उल्लंघन गर्दा गाउँका हजारौ मानिस कोरोनाबाट संक्रमित हुने जोखिम बढेको पनि उनले बताए । पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाले नदीमा डुंगा चलाउन दिने काम तत्कालै रोक्न पनि उनले माग गरे ।
भारतबाट आएकाहरु यसरी डुंगा चढेर गाउँ भित्रिएको आशंका गरिएको छ । बिना जाँच र क्वारेन्टाइन नबसी गाउँ भित्रिदा सबैलाई कोरोना संक्रमणको डर हुने त्रास पनि छ । यसकारण तत्काल लकडाउनको पूर्ण पालना गराउन अध्यक्ष विकले आग्रह समेत गरे उनले स्थानीय तह र नेपाल सरकारले लगाएको नियम कसैले राम्रो सङ्ग पालना नगर्दा कोरोना भित्रिन सक्ने संभावना बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post