खोजखबर संवाददाता
बाँके साउन १४ गते । छोरीको बिवाह १६ बर्षमै बिवाह गर्न पाउनुपर्ने माग गर्दै मङ्गलबार दिउसो नेपालगञ्जमा चक्काजाम गरिएको छ । मधेसी समुदायका केही महिलाहरुले चक्काजाम सहित नेपालगञ्ज उपमहानगरपालिका घेराउ समेत गरे । २० बर्षमा बिवाह गर्नुपर्ने कानून मधेसी समुदायको संस्कृतिसँग मेला नखाने भएका कारण कानूनमा परिवर्तन हुनुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको महिलाहरुले जनाएका छन् ।
उनीहरुले आफुहरुको माग पुरा गराउनुपर्ने माग गर्दै चक्काजाम सहित नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । महिलाहरुलाई १६ बर्षमा बिवाह गर्न पाउनुपर्ने माग सहित महिलाहरुलाई जम्मा पार्ने कामको अगुवाई बाँकेको जानकी ६ का रामदेव मिश्राले गर्नुभएको छ । आन्दोलित महिलाहरुलाई नेपालगञ्ज उप–महानगरपालिका कार्यपालिका सदस्य इन्दिरा शाहीले महिलालाई बाल्य अवस्थामा बिवाह गर्नपाउनुपर्ने माग गर्नुभन्दा पनि उनीहरुलाई शिक्षा दिक्षामा स्थानीय सरकारले कसरी सहयोग गर्न सकिन्छ भनेर माग ल्याउन आग्रह गर्नुभयो ।
Discussion about this post