बाँके बैशाख ९ गते । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना कोभिड —१९ का कारण समस्यामा परेका दैनिक ज्याल मजदुरी गर्ने तथा अतिगरिब, आपङ्ग, असहायका लागि थारु कल्याणकारीणी सभा बाँकले Covid -19 Relief Fund,Banke स्थापना गरेर आजबाट राहात संकलन गर्न शुरु गरिएको छ । थारु कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारु आफैले कोषमा १० हजार रुपैयाँ प्रदान गरेर शुरुवात् गर्नु भएको छ । सभापति थारुका अनुसार यो महामारीका बेलामा सबैको साथ र सहयोग आवश्यक छ । हाम्रो सानो सहयोगले कहि कसैको निभ्न लागेको चुल्हो बल्छ, भने यो भन्दा ठुलो मानव धर्म केही पनि नभएकाले राहात कोष स्थापना गरिएको हो । संकलन भएको राहात दैनिक ज्याल मजदुरी गर्ने तथा अतिगरिब, आपङ्ग, असहायलाई सहयोग गरिने छ । थकसा बाँकेले यो बिपदको घडीमा सबैलाई सक्दो सहयोग गर्नका लागि अपिल समेत गरेको छ । आजै केही नगद र खाद्य बस्तु संकलन भएको छ । साथै संकलन हुने क्रम पनि जारी छ । आउनुहोस यो विश्व संकटको घडिमा हात्तेमालो गरी आफु पनि बाचौ, अरुलाई पनि बचाउ । बिनोद थारु गरि आफु पनि बाचौ, अरुलाइ पनि बचाउ ।
बिनोद थारु
थकसा ,बाँके
अध्यक्ष ः ९८५८०२०६५८, ९८०८५२७६३४
Discussion about this post