बीरगंज कृष्णा यादब बैशाख ९ गते । विश्वब्यापी रुपले फैलिरहेएको नोबेल कोरोना भाईरसको कारण घर भाडामा बसेका मानिसहरु शीत नेकपाका युवा नेता महमुद अन्सारीले आफ्नो घरमा बसेकाहरूलाइ घरभाडा छुट दिने घोषणा गर्नु भएको छ। विगत लामो समय देखि समाजसेवा र राजनीतिक गर्दै अाउनु भएको अंसारीले वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा रहेको घरमा बहालमा बसेका पाँच जनाको तिन महिना सम्म घर भाडा नलिने बताउनु भएको हो । विश्वब्यापी रुपमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनमा घर बहालमा बसेकाहरूको समस्यालाई ध्यान दिदै र सरकारले गरेको आग्रहलाई स्वीकार गर्दै घर बहाल नलिने उहाँले बताउनु भयो । नेता अंसारीले यस अघि पनि लक डाउनका कारण प्रभावितहरुलाई राहत समाग्री बितरण गर्नुभएको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post