रन्जिता खड्का बाँके बैशाख १० गते ।
म मुस्कुराउने गर्छु आशुको धारा लुकाएर
जब तिम्रो ओठमा मुस्कान देख्ने गर्छु ।
मेरो थकित सरिरमा उर्जाको तरङ्ग छाउने गर्छ
जब तिम्रो ओठमा मुस्कान देख्ने गर्छु ।
म हिड्ने बाटोको काडाहरु आफै पन्छिने गर्छन
जब तिम्रो ओठमा मुस्कान देख्ने गर्छु ।
मेरो असफल यात्रापनी सफल भएको आभास हुन्छ
जब तिम्रो ओठमा मुस्कान देख्ने गर्छु ।
मेरा थाकेका पाइलाहरु पनि दौडन थाल्छन्
जब तिम्रो ओठमा मुस्कान देख्ने गर्छु
मेरा निरास आखाले पनि सपना बटुल्न थाल्छन
जब तिम्रो ओठमा मुस्कान देख्ने गर्छु ।
मेरो भत्किएको घरपनी सुन्दर देखिन थाल्छ
जब तिम्रो ओठमा मुस्कान देख्ने गर्छु ।
मेरो टुटेको मनपनी जोडिन थाल्छ
जब तिम्रो ओठमा मुस्कान देख्ने गर्छु ।
तिम्रो ओठको मुस्काननै काफी छ मलाई यो सन्सार जित्नको लागि ।
आज बैशाख १० गते मेरो छोराको जन्मदिन । आज मेरो छोरा ९ बर्ष पूरा भएको छ।आजकै दिन मैले पुर्णता प्राप्त गरेको थिए । आजकै दिन मैले आमा बन्ने सौभाग्य प्राप्त गरेको थिए । आजकै दिन मेरो भाग्यमा लेखिएको ठुलो खुशी प्राप्त भएको थियो।भगवानबाट प्राप्त मेरो जिबनको यो अमुल्य उपहारको जन्मदिनमा म उसलाई के उपहार दिउ भनेर धेरै सोछे । जसको आगमनले मेरो जिबनमा खुशी र उमंग छाएको छ।जसको आगमनले मेरो जिबनको गन्तव्यनै परिबर्तन भएको छ।उसलाई म के उपहार दिउ जो आफै मेरो जिबनमा अमुल्य उपहार बनेर आएको छ।उसको अगाडि कुनै पनि बहुमुल्य उपहार फिका लाग्यो मलाई । त्यसैले आजको दिन उसलाई उपहार स्वरुप प्रदान गर्नको लागी उ प्रतिको मेरो माया,बिश्वास र भावना समेटिएको यो मेरो लेख उसलाई जन्मदिनको उपहार स्वरुप प्रदान गर्न चाहन्छु । उ प्रतिको मेरो माया,बिश्वास र भावनालाई शब्दमा बयान गर्न त सकिदैन तर पनि सानो प्रयास गरेको छु ।
के लेखु तिम्रो बारेमा तिमी मेरो लागि भगवानको रुप हौ । चर्को घाममा सितल छाहारी हौ।तिमी पाहाडको टुप्पोमा उदाउन लागेको त्यो सुर्यको किरण हौ जसमा मैले आफ्नो सुन्दर सपना साचेको छु । मेरो घरको आगनमा फैलिएको उज्यालो प्रकाश हौ तिमी जसले मेरो घरलाईनै स्वर्ग बनाएको छ । मेरो हर दुख र पिडालाई बन्द गर्ने ताल्चा हौ तिमी।मेरो जिबन जिउने कला र मेरो जिबनको कलाकार हौ तिमी । तिमी आकाशको झिलमिलाउदो तारा खोलाको कलकलाउदो पानी हौ।तिमी त्यो प्रेरणा हौ जसले मेरो थाकेको पाइलालाइ अघि बढ्न प्रेरित गरिरहन्छौ । तिमी त्यो पुनर्बल हौ जसले मेरो सरिरमा उर्जा भरिरहन्छौ । तिमी मेरो त्यो शक्ति हौ जसले मेरो सानो घरलाई महल बनएको छौ । तिमी मेरो लागि ती शब्द हौ जसले मेरो लेखलाई पुर्ण बनाउने गर्छौ । तिमी नभएत मेरो जिबनको बर्णमालानै अपुरो छ । म भन्दैन तिमी मेरो सास हौ । किनभने सास त सास हुन्छ तिमी त मेरो हर सासमा बहने एहसास हौ ।
सबैको घरमा हेर्छु ,देख्छु सबैका सन्तानले आमा घरबाट निस्कदा खाने कुरा र खेलौना ल्याइदिनुहै भनेको सुन्छु । तर म घरबाट निस्कदा मेरो छोराले छिटो आउनुहै भन्ने गर्छ । सन्तानहरुको भिडमा मेरो छोरा निकै भिन्न छ । जब मेरो जिबनमा एकाएक ठुलो आधिहुरी आएको थियो तब मेरो छोराको हसिलो अनुहारले मलाई त्यो आधिहुरिको सामना गर्ने साहस र शक्ति प्रदान गरेको थियो । मेरो हरपाइलामा बिझेको काडा निकालेर मलम लगाउदै मलाइ अघि बढ्न प्रेरित गर्ने मेरो छोरा म तिमिलाइ धन्यवाद दिन कुन शब्द प्रयोग गरौ । हर शब्द हर वाक्य तिम्रा अगाडि निकै साना छन । एकदिन हामी दुबै जना बाटोमा हिदिरहेका थियौ।एक्कासि हावाहुरी चल्न थाल्यो । मैले आत्तिदै छोरालाइ छिमेकीको घर भित्र धकेल्दै भने छोरा भित्र जाउ सुरक्षित हुन्छौ । तब उसले हास्दै भन्यो मामु हजुरको काख भन्दा सुरक्षित ठाउँ अन्त पनि हुन्छ र । म प्रती उसको त्यो बिश्वासको जित पनि भयो हामी दुबै सुरक्षित घर सम्म पुग्यौ ।
सन्तानको लागि आमा देबि र सक्तिको रुप भन्छन त मेरो छोरा मेरो भाग्य कोर्ने बिधाता हो।मेरो बिहानिको सुरुवात उसको अनुहार हेरेर सुरु हुन्छ र अन्त्य पनि।मैले खाना नखादा आफुले पनि खान्न भनी घुर्की लगाउने । म ढिलो सुत्छु भनेर हजुरबिना मलाइ निद्रा लाग्दैन भन्दै मलाई जबजस्ति सुत्न बाध्य बनाउने । म काममा जादा छिटो आउनु है भनी बाटो कुरेर बस्ने । म बिरामी हुदा निरास अनुहार बनाउदै मेरो छेउमा आएर सुत्ने।म हास्दा हासिदिने । म रुदा रोइदिने । जिबनको मेरो यात्रामा हाथ समाएर सङ्गसङ्गै हिडिदिने । ठेस लागेर लड्न खोज्दा साहारा बनिदिने । थाकेर बस्न खोज्दा अब अलिकती अरु मामु भन्दै मेरो हाथ थामिदिने । यात्रा गरिरहेको बाटोमा भएका तारका बारहरु पन्छ्याइ दिने । बेला बेला आक्रमण गर्न खोज्ने जनावर माथी धावा बोल्ने । आखाको आसु पुछिदिने।एक्लो भएको आभास हुदा म छु नि भनी साहारा दिने । थाहा छैन कुन जुनिको राम्रो कर्मको फल हौ तिमी । यति सानो उमेरमा पनि तिमी मेरो बाबा मेरो दाजु मेरो साथी बन्न पुग्यौं । यो तिम्रो माया, तिम्रो बिश्वास ,तिम्रो साथ ,तिम्रो मुस्कान मेरो साथ मा छ मलाई सफल हुन अब कस्ले रोक्न सक्छ र ।
एकदिनको कुरा हो जब मलाइ आफू पुर्ण रुपले टुटेको आभास भैरहेको थियो । मेरो खुट्टा तान्ने हरुको भिड यति बढेको थियो कि म अगाडि बढ्नै नसक्ने भएको थिए । त्यो दिन मैले धेरै सोचे।यदि मैले छोरालाई राम्रो स्कुलमा पढाउन सक्दैन । राम्रो लगाउन र मिठो खान दिन सक्दैन । यदि बारम्बार मलाई उसको इच्छा र आवश्यकताको धाटी निमोठ्नु पर्छ भने मायाको जन्जिरमा उसलाई बाधेर राख्नुको अर्थ म त स्वार्थी पो रहेछु भन्ने आभास भयो । अनि मैले निर्णय गरे अब उसलाई यो मायाको जन्जिर बाट मुक्त गरिदिने छु । थाहा थिएन उ बिना मेरो सन्सार कस्तो हुनेछ।किनभने उ बिना त मेरो कुनै सन्सरनै थिएन । तरपनी जहाँ उसले ती सबै कुराको प्राप्ति गर्न सक्छ त्यहा जानको लागि उसलाई आग्रह गरे मैले । त्यो दिन जति शब्द उसलाई भनेको थिए त्यति टुक्रा भएको थियो मेरो मुटु । त्यो पीडा मेरो आँखा बाट खसेका आसुहरुले बयान गरिरहेका थिए । तर अचानक मेरा आखाहरु रमाउन थाले । टुक्राटुक्रा भएको मेरो मुटु एक एक गर्दै जोडिन थाल्यो । जब मेरो छोराले भन्यो।मामु मलाई हजुरले खुवाएको जस्तो खाना पनि मिठो लाग्छ । मलाइ कुनै खेलौना चाहिदैन मामु हजुर म सित खेलिदिए पुग्छ । मलाइ महङ्गो स्कुलमा किन पढ्न पर्यो मामु जब हजारौंलाई शिक्षा दिने मेरि मामु म सित हुनुहुन्छ भने । हजुरको हाथलाइ सिरानी बनाएर सुत्न पाउँदा जुन आनन्द मलाइ प्राप्त हुन्छ त्यो आनन्द ताजमहलमा पनि छैन । हजुरको काखामा मेरो स्वर्ग छ मामु यो स्वर्ग छोडेर म काहा जाउ । उसका ती वाक्यहरुले मेरो सरिरमा जोडको झट्का लाग्यो।मेरो सरिरमा जम्न लागेको रगत उम्लिएर तिब्र रुपले संचालित हुन थाल्यो।म भित्र अचानक यति धेरै उर्जा थपियो । मेरो शरिरमा मेरो छोराको आत्मा प्रवेश गरे जस्तो लाग्न थाल्यो । अनि मेरो खुट्टाका औलाहरु चलमलाउन थाले । त्यो दिन मैले आफ्नो लक्ष्य भेटिसकेको थिए । भनिन्छ नि उमेरले भन्दा पनि समय र परिस्थितिले मान्छेलाई परिपक्क बनाउछ । मेरो छोराले पनि धेरै कुरा देखेको र भोगेको छ सायद त्यसैले होला सानै उमेरमा मेरो छोरा धेरै परिपक्क भएको छ ।
आज छोरालाई हेर्छु।उसले बोलेका सब्दहरु सुन्छु । उस्ले देखाएको ब्यवहारको मुल्यांकन गर्छु।अचम्म लाग्छ यो त्यही छोरा हो जो अस्ति भर्खर यो संसारमा आएको थियोे । आज मेरो काधमा काध मिलाएर हिड्ने भैसक्यो । र त्यो दिनमा फर्कन मनलाग्छ जुन दिन मेरो छोराले मेरो गर्भमा पहिलो दस्तक दिएको थियो । त्यो दस्तक पहिला मैले मेरो आमा र त्यसपछि मेरो श्रीमानलाइ सुनाएको थिए।उहाहरु पनि म सङ्गै खुसिले झुम्नु भएको थियोे । समय बित्दै गयो र त्यो दिनपनी आयो जुन दिन मेरो छोराले मेरो गर्भबाट निस्किएर यो धर्तिमा पाइला टेक्न खोज्दै थियो।जुन दिनको पर्खाइमा मैले नौ महिना बिताएको थिए । आज त्यो दिन मैले गरेको बच्पना सम्झनु र हास्न मन लाग्छ । मैले त्यो दिन उसलाई यो धर्तिमा ल्याउन जति प्रसब पीडा भोग्नु परेको थियो त्यसको रिस उसैमाथी पोखेको थिए । अरुले श्रीमानमाथी रिस पोख्छन भनेको सुनेको थिए तर मैले छोरा माथी रिस पोखेको थिए । जब उ जन्मियो नर्सहरुले छोरा भएकोमा बधाई दिदै मेरो छेउमा ल्याएर राखिदिएका थिए । मैले यसलाई बाहिर लगिहाल्नु म हेर्दैन भन्दा नर्सहरु हास्दै छोरालाइ बाहिर लगिदिएका थिए । सफाइ र टाका लगाउने काम सकिएपछी मलाइ बाहिरको बेडमा सिफ्ट गरियो । तर पनि मैले छोराको खोजी गरिन।केही समयपछि दिदिले छोरालाई ल्याएर मेरो दायापट्टी सुताउदै छोरालाई स्तनपान गरा भनी म भने रिस देखाउदै बायापट्टी फर्किएर त्यस्को अनुहार नदेखा मलाइ भनेको थिए । दिदिले हास्दै भनी एकचोटि छोरालाई त हेर तेरो रिस र्फुर उडेर जान्छ । मैले पनि एकपटक हेरिहालमनत कस्तो रहेछ भनेर आफ्नो आँखा छोराको अनुहारतिर लगाए । जब मेरो आँखा उसको अनुहारमा पर्यो मैले त्यो अनुहारमा मेरो भाग्ग्यमा लेखेको खुशी र मेरो सन्सार भेटाए। । यसपछी कहिले काहीँ मेरो दिदी र छोराको बाबाले मलाई तडपाउनको लागी छोरालाई लुकाएजस्तो गर्थे । म भने छिटो मेरो छोरालाइ ल्याइदेउन भन्दै बिलौना गर्थे । त्यो हासो मजाक । ति दिनहरु आज सम्झनामा मात्र सिमित भएका छन । कति साथ छुटेर गए । कति सम्बन्ध टुटेर गए । तर मेरो भाग्यमा लेखिएको मेरो छोरा मेरो साथमा छ मलाइ जिबनदेखि कुनै गुनासो छैन । मन दुखाएर हैन आफू सित जे छ त्यसमानै मन बुझाएर बाच्न सुक्नुनै जिबनको वास्तविक भोगाइ रहेछ ।
भनिन्छ जसले पानीले नुहाउछ उसको शरीर मात्र सफा हुन्छ आचरण हुदैन र जसले पसिनाले नुहाउछ उसको आचरण मात्र हैन मन पनि सफा हुन्छ । म पनि मेरो छोरालाई पसिनाले नुहाउन सिकाउने छु । सोझो हैन जो जस्तो छ उस्तै बन्न सिकाउने छु । किनभने करेन्ट नभएको तारमा मानिसहरु कपडा सुकाउने गर्छ । कुकर्म गरेकोले मात्र सजाय भोग्दैन यहाँ धेरै सोझोपनको पनि मूल्य चुक्ता गर्नु पर्छ यहाँ।म मेरो छोरालाई सधै सतर्कता आपनाउन लगाउनेछु । किनभने २,दिन हासेर बोल्नेहरुले छुरा रोप्ने मौका कुरेर बसेकापनी हुन सक्छन । छोरा समय र परिस्थिति जति खराब भएपनी त्यसलाई नियन्त्रण गर्ने हाथ तिम्रो हुनेछ । मलाई बिश्वास छ तिम्रो मेहनतले परिस्थिति र समयलाइ तिम्रो पक्षमा पार्नेछौ । जसलाई जति महत्त्व दिनेछौ उनिहरुले तिमिलाइ उतिनै गिराउन खोज्नेछन । तर मलाई बिश्वास छ तिमी मामुको र आफ्नो नजरबाट कहिले गिर्ने छैनौ ।
अन्तमास्यति भन्न चहन्छु ।
अझै सुर्य अस्ताएको छैन साझ त पर्न देउ
म आफै जानेछु मलाइ सफल हुन त देउ ।
मलाइ बदनाम गर्ने बाहाना खोज्दैछन दुनियाहरु
म आफै बदनाम हुनेछु पहिला नाम कमाउन त देउ ।
माने अरुको दाजोमा मैले केही पाएको छैन
तर आफै गिर्दै समालिएको छु कसैलाई गिराएको छैन ।
माने मेरो सपना टुटेको छ तर हौसला अझै बाकी छ
म त्यो ब्यक्ति हु जसको आगाडी समस्याले पनि लाज मानेको छ ।
म थाकेर बसेको छु हार मानेको हैन
बाजि हाथबाट गएको छ जिन्दगीबाट हैन ।
बस तिमी बाट यहि चाहन्छु ।
जब म जमिनमा बस्नेछु त्यसलाई मेरो बडप्पन सम्झिनु
मेरो औकात हैन ।
म कसरी तिमिलाइ थाकिसके भनु
जब तिमी मेरो हौसला बनेर बसेका छौ ।
म तिम्रो हर पलमा साथ हुनेछु
मरेर गएपनी आकाशको तारा बन्नेछु ।
राती एकपटक भएपनी छतमाथी जानू
मलाई मामु भनी बोलाउनु ।
जब हावाको झोकाले तिमिलाइ स्पर्श गर्नेछ
मेरो अङ्गालो महसुस हुनेछ तिमिलाई ।
तिम्रो माया र बिश्वासको लागि
यो जुनि काफी छैन मेरो लागि ।
हे दैब मेरो एउटा पुकाए सुनिदे
अर्को जुनि मेरो छोरालाई
मेरो बाबा बनाइदे ।
Discussion about this post