काठमाडौ बैशाख १० गते । नेपालमा कोरोना भाइरसलाई परास्त गरेर ७ जना घर फर्किदा विश्वमा ७ लाख मानिसले कोरोना भाइरसमाथि विजय हात पारेका छन । बुधबारसम्म विश्वभर ७ लाख ४ हजार मानिस कोरोना जितेर घर फर्किएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन ।
कोरोना जितेर घर फर्किनेमा सबैभन्दा धेरै जर्मनीका छन । जहाँ अहिलेसम्म ९९ हजार मानिस कोरोनाबाट सञ्चिएर घर फर्किएका छन । १ लाख ४८ हजार मानिस संक्रमित रहेको जर्मनीमा ५ हजारले ज्यान गुमाएका छन ।
यस्तै स्पेनमा ८५ हजार, अमेरिकामा ८२ हजार र चीनमा ७७ हजार मानिस कोरोनाबाट सञ्चो भएर घर फर्किएका छन । यस्तै इरानमा ६३ हजार, इटालीमा ५१ हजार, फ्रान्समा ३९ हजार मानिस घर फर्किएका छन ।
यस्तै ब्राजिलमा २४ हजार, टर्कीमा १४ हजार र क्यानडामा १३ हजार मानिस पनि घर फर्किएका छन । नेपालमा अहिलेसम्म ४५ जना संक्रमित हुँदा ७ जना मानिस उपचारपछि घर फर्किसकेका छन ।
विश्वमा अहिलेसम्म २५ लाख ७५ हजार मानिस संक्रमित हुँदा १ लाख ७८ हजारले ज्यान गुमाएका छन । तीन महिनाअघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस २ सय १० देशमा फैलिएको छ ।
Discussion about this post