सरला सुबेदी बाँके बैशाख १० गते । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पिसिआर रिर्पोट पोजेटिभ आएपछि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु तीनै जना उदयपुरका हुन सक्ने अनुमान गरिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । यसअघि हिजो मंगलबारसम्म ४२ जनामा कोरोना पुष्टि भएको थियो ।
यसैबीच बुधबार थप दुई जना कोरोना सञ्चो भएर घर फर्किदैछन । काठमाडौको टेकु अस्पतालमा उपचार गराइरहेका एक जना र कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका अर्का एक जना उपचारपछि घर फर्किन लागेका हुन ।
यससँगै कोरोनाबाट संक्रमित भएपनि उपचारपछि निको भएर घर फर्किनेको संख्या ७ पुगेको छ ।
Discussion about this post