बाँके बैशाख १० गते । बाँकेको कोेहलपुर नगरपालिका स्थित शिव शिखर कृषी सहकारी संस्थाले लकडाउनको समयमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ । सहकारीले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै लागि हरेक दिन १ वजे सम्म निरन्तर रुपमा वचत भुक्तानी गरी सेवा प्रदान गर्दे आएको सहकारीकी मार्केटिङ म्यानेजर राज कुमारी शाहीले जानकारी दिईन ।
लकडाउनको समयमा आम्दानी को स्रोतहरु वन्द भएका र वैंकमा राखेका रकमहरु पनि निकाल्न समस्या भईरहेको समयमा हामीले सेवालाई निरन्तरता दिइरहेका छौ शाहीले भनिन ।
त्यस्तै सहकारीले हालको अवस्थालाई मध्यनजर गरी वैजनाथ गाँउपालिका वडा नं. ५ र कोहलपुर नगरपालिका वडा नं. ५मा आर्थिक स्थिती कमजोर भएका अति विपन्न परिवार लाई राहत वितरण गरेको छ । सरकारले लगाएको लकडाउनको नियमलाई पालना गर्दै सामाजिक दुरि कायम गर्दै सेवा प्रदान गरिएको शाहिले जानकारी गराइन ।
Discussion about this post