बाँके बैशाख ११ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का केन्द्रिय सदस्य तथा बाके क्षेत्र न .१ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज “अथक ” ले बाँके देखी काठमाडौमा आएर अलपत्र परेका मजदुर र बिद्यार्थी गरी ६० जनालाई उद्दार गरेका छन।
काठमाडौ मा मजदुरी गर्न आएका मजदुर र पढ्नको लागी काठमाडौ बसेका बिद्यार्थीहरुलाई गाडीको ब्यबस्थापन देखी बाटोमा खानाको सम्पुर्ण ब्यबस्थापन गरेर बाके पठाईको कुरा सांसद अथकले जानकारी गराएका छन ।
बिश्व अहिले कोरोना भाईरस ( कोभिड- १९ ) ले महामारीको रुप लिईराखेको अबस्थामा सरकारले यस महामारीलाई कम गर्नको लागी लकडाउन गरेको अबस्थामा यहाँ काठमाडौ रहेका विद्यार्थी र मजदुरलाई खाना बस्न अत्यन्तै अप्ठ्यारो भएको हुँदा उनिहरुलाई सम्पुर्ण ब्यबस्थापन गरेर बाके पठाईएको सांसद अथकले बताउछन।
उनिले भनेका छन यस कोरोना संक्रमण बाट बच्नको लागी सम्पुर्ण नेपाली महानभावहरुलाई संबेदनशिल भएर बस्न र लकडाउनको पालना गर्न अनुरोध समेत गरेका छन।
Discussion about this post